कांग्रेसले स्वास्थ्यमन्त्री खोजेपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक केहीबेरका लागि स्थगित भएको छ ।

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धि’ संकल्प प्रश्तावमाथिको छलफलमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपस्थित नभएको संकल्प प्रश्ताव प्रस्तोता काँग्रेस सांसद कमला पन्तले आपत्ति जनाएपछि राष्ट्रिय सभा बैठक आजै अपरान्ह ३ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।

१० मिनेट भित्र स्वास्थ्यमन्त्री बैठकमा आउँछु भनेकाले केही बेरका लागि बैठक स्थगित गरिएको सभाध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

राष्ट्रिय सभाको बैठकमा सांसद पन्तले सो संकल्प प्रश्ताव पेश गरेकी हुन् ।

सांसद पन्त प्रश्तावक रहनुभएको सां संकल्प प्रस्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाम ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =