कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

आज तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य स्थिर छ । यस दिन चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *