गुजरातलाई पराजित गर्दै नेपालले जित्यो सिरिजको उपाधि

काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधि नेपालले जितेको छ ।

फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो ।

नेपालले दिएको १७७ रन लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले सर्वाधिक ४० रन जोडे । यस्तै आर्य देसाईले २४ बलमा ३६ रन बनाए । रुद्र मयूर पटेलले १७ रन बनाए भने जयमित पटेलले १५ रन जोडे ।

नेपालको जितमा अविनाश बोहोराले उत्कृष्ट बलिङ गरे । बोहोराले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै करन किसी र कुशल मल्लले समान १–१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएका थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए । ओपनर आरिफ शेखले आउट हुनुअघि ३४ रन बनाए भने कुशल भुर्तेलले १९ रन जोडे ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले नटआउट ३१ रन जोडे भने सन्दिप जोराले नटआउट ७ रन बनाए । दिपेन्द्रसिंह ऐरी ७ रन बनाएर आउट भए ।

नेपालले आज गुजरातविरुद्ध ४ परिवर्तन गरेको थियो ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *