बझाङ उपनिर्वाचन : १२ जनाको उम्मेदवारी दर्ता

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा क मा १२ जनाको उम्मेदवारी परेको छ।
उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०बाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री छन्।
त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, सङ्घीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको पनि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।
जनमत पार्टीबाट सुशीला विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले पनि उम्मेदवारी दर्ता गराएका छन्। वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ।








