बरोडाविरुद्ध नेपालले टस हार्‍यो, दिपेन्द्रले कप्तानी गर्ने

काठमाडौँ । बरोडाविरुद्ध नेपालले टस हारेको छ ।

एसएमएस फ्रेन्डसिप कपमा टस हारेर फिल्डिङको निम्ता पाएको छ ।

आजको खेलमा नेपालका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले आज विश्राम पाउने छन् भने पछिल्लो खेलमा बाहिर रहेका ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द टोलीमा अटाएका छन् ।

रोहितको अनुपस्तिथिमा आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्ने छन् ।

नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, अनिल साह, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, प्रतिश जिसी, ललित राजबंशी, करन केसी, आकाश चन्द रहेका छन् ।

यस फ्रेन्डसिप कपमा नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एसोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ । बरोडाले आफ्ना यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ ।

नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीचको फाइनल खेल आइतबार हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *