लुम्बिनीका मुख्यमन्त्रीले गरे राजीनामाको घोषणा, माओवादीका महरा मुख्यमन्त्री बन्दै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो ।

अब लुम्बिनी प्रदेशमा एमाले–माओवादी गठबन्धनबाट सरकार गठन हुनेछ ।

गठबन्धनमा भएको सहमति अनुसार माओवादी संसदीय दलको नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *