नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनायो ।

नेपालका लागि ओपनर आसिफ शेखले ४४ बलमा ८५ रनको सर्वाधिक इनिङ खेले । अर्का ओपनर कुशल भुर्तेलले पनि ५१ बलमा ६७ रन बनाए ।

कप्तान रोहित पौडेल ७ बलमा ३ रन बनाएर आउट । ३ बल खेलेका सन्दिप जोराले २ रन बनाएर आउट भए भने कुशल मल्लले २ बलमा १ रन बनाए ।

गुल्सन झाले ४ बलमा ४ रन बनाएका थिए भने अनिल कुमार शाह सून्य रनमा आउट भए ।

विवेक कुमार यादवले नटआउट ५ बलमा ७ बनाए भने प्रतिश जिसिले नटआउट रहँदै ३ बलमा ४ रन बनाए ।

गुजरातका लागि जयमित पटेलले ३ तथा ध्रुशान्त सोनी र आर्य देसाईले समान २–२ विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *