परिवर्तन खोजेको इलाममा घण्टी बजिसक्यो : रवि लामिछाने

काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ ।

शनिवार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गरे । उनले परिवर्तनको घण्टी बजिसकेको बताए ।

उनले इलामले परिवर्तन खोजेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *