सरकारले कर्णालीका जनतालाई नुन दिएर बेकुफ बनायो : नरबहादुर बिष्ट

काठमाडौं । राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले कर्णाली प्रदेशमा खाद्यान्न र नुनमा अनुदान दिनु नहुने बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै राष्ट्रिय सभा सदस्य बिष्टले कर्णाली प्रदेशमा खाद्यान्न र नुनमा अनुदान दिनु नहुने बताएका हुन् ।

‘कर्णालीका जनतालाई अल्छि बनाउनका लागि राज्यले पन्चायतकालदेखि खाद्य दिने, नुन दिने उनले भने ‘नुन दिएर कर्णालीका मान्छेलाई बेकुफ बनाउने जुनखालको प्रवृत्ति छ, त्यसको अन्त्य गर्नुपर्छ । किनकी अर्बौं रुपैयाँको खाद्य जान्छ ।’

उनले कर्णालीका जनतालाई अल्छि बनाउनका लागि राज्यले खाद्यान्न र नुन अनुदानमा दिने गरेको बताए ।

कर्णालीका जनतालाई नुन दिएर बेकुफ बनाउने गरिएको उनको भनाई छ । उनले खाद्यान्नमा दिइने अर्बौँ रुपैयाँको अनुदान रैथाने बालिका लागि र सिंचाई सुविधाका लागि दिन माग गरे ।

उनले विकास निर्माण र उत्पादनका काममा अनुदान दिनुपर्ने बताए ।

‘अर्बौं रुपैयाँ कर्णालीका जनतालाई मार्सि धानदेखि लिएर थुप्रै खालका रैथानी बालिलाई त्यसको सिंचाई सुविधाको लागि कर्णाली प्रदेशमा, अर्बौं रुपैयाँ जाने नुनमा अनुदान दिन आवश्यक छैन’उनले भने ‘चामल अनुदान दिन आवश्यक छैन । त्यसले गर्दाखेरी कर्णालीका जनतालाई अल्छि बनाएको छ । राज्यको तर्फबाट अल्छि बनाएको छ ।’

राष्ट्रिय सभा सदस्य बिष्टले कर्णालीका रैथाने खाद्यबालिहरुलाई बजारीकरण गर्नुपर्नेमा जोड दिए ।

उनले भने– ‘विकास निर्माणमा अनुदान दिउँ । सिंचाईमा अनुदान दिउँ । उत्पादनमा दिउँ । स्याउँमा दिउँ । ढुवानीमा अनुदान दिउँ । नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *