इलाममा सुहाङको अग्रता फराकिलो बन्दै, रास्वपा देखिएन प्रतिस्पर्धामा
२०८१ वैशाख १६ गते

काठमाडौँ । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बढाउँदै लगेका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार सुहाङले ३ हजार २४९ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्का छन्। खड्काले २ हजार ४ सय ६९ मत पाएका छन्।
बलियो आकलन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने त्यहाँ प्रतिस्पर्धामा निक्कै पछाडी परेको छ।
रास्वपाका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन्। उनीभन्दा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले बढी मत पाएका छन्। डकेन्द्रको ७०३ मत छ।
त्यहाँ सदर मत ६ हजार ९६४ गणना गरिएको निर्वाचन आयोगले जनाएको छ।
२०८१ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








