बझाङमा एमाले नै अगाडि

काठमाडौँ । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी अग्र स्थानमा छन् ।

उनले ५७१९ सदर मतमध्ये २०८८ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १३७२ मत प्राप्त गरि दोस्रो स्थानमा छन् भने तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२९१ मत पाएका छन् ।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ८६४ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ५० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *