इलाम उपनिर्वाचन : पहिलो पटक एमालेका सुहाङको अग्रता

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पहिलो पटक अग्रता लिएका छन् ।

नेम्वाङले २५४२ मत ल्याएर अग्र स्थानमा छन् । अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ ।

यसअघिसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए ।

अहिले एमाले उम्मेदवार नेम्वाङलाई कांग्रेस उम्मेदवार खड्का खड्काले २१९७ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *