आयरल्यान्ड वल्भ्सविरुद्ध नेपाललाई तेस्रो सफलता
२०८० चैत १६ गते

काठमाडौं । टी–२० अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध नेपाल ’ए’लाई तेस्रो सफलता मिलेको छ ।
नेपालका लागि पहिलो ओभरमा दोस्रो बलमा कमल सिंह ऐरीले पहिलो विकेट लिएका थिए ।
दोस्रो विकेट सागर ढकालले लिए । उनले १० औं ओभरमा विकेट लिएका हुन् ।
नेपालका लागि तेस्रो विकेट भने आरिफ शेखले लिए । उनले ११ औं ओभरको अन्तिम बलमा विकेट लिएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
टी–२० खेल्ने टिम नेपाल‘ए’मा कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।
२०८० चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित








