नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’बीचको खेल रद्द

काठमाडौँ । आज हुने भनिएको नेपाल ’ए’ र आयरल्याण्ड वुल्भ्सबीचको आज वर्षाका कारण रद्द भएको छ ।

टियु क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि खेल रद्द गरिएको हो ।

नेपालको ’ए’ले आयरल्याण्ड ’ए’सँग टी–२० सिरिज र एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले अब नयाँ खेल तालिका चाँडै प्रकाशन गरिने जानकारी दिएको छ ।

यसअघि आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपालको सिनियर टिम विजयी भएको थियो । दोस्रो खेलमा आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गरेको थियो भने पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *