भेटिइनन् मेयर हमालकी छोरी, खोजी गरिदिन अपिल

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी अझै सम्पर्कमा आएकी छैनन् । भारतको गोवामा बस्दै आएकी मेयर हमालकी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन भएकी हुन् ।

मेयरले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन भएको बताएका छन् । छोरीको साथीबाट उनी सम्पर्कविहीन भएको जानकारी पाएको भन्दै खोजीका लागि सहयोग गरिदिन उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *