संसदीय समितिमा उपस्थित हुँदै गृहमन्त्री लामिछाने

काठमाडौं । संघीय संसदको बैठकमा गृहमन्त्री रबि लामिछाने उपस्थिति हुँदैछन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् ।

समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ । समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

दुई संसदीय समितिको बैठक
संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दैछ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *