आयरल्यान्ड ‘ए’विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । घरेलु टोली नेपालले ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । अनिलकुमार साह र विवेककुमार यावदले आजको खेलमा मौका पाएका छन् । दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई बेन्चमा छन् ।

नेपालको टिममा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, अनिलकुमार साह, विवेककुमार यादव र गुल्सन झा रहेका छन् ।

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई छ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *