सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी

काठमाडौं । सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

उनले सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट पारित गर्न लागेको समेत बताइन् ।

उनले भनिन्– ‘सुन्तलाको हिसावले पनि म केही दिनमा मन्त्रीपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु । किनकी नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ । त्यो फल खान पनि सजिलो छ । गाडीमा बस्दाखेरी पनि अब ५÷६ जना बसेपनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन । त्यो हिसावले राष्ट्रिय फलफूलको हिसावले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दैछु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *