कप्तान रोहित शून्य रनमा आउट, नेपालको दोस्रो विकेट पतन

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्ध नेपालले लगातार दोस्रो विकेट गुमाएको छ ।

नेपालले ओपनर आसिफ शेखको विकेट गुमाए लगत्तै कप्तान रोहित पौडेल पनि सून्य रनमा आउट भए ।

आउट हुनुअघि शेखले ११ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन बनाएका थिए ।

उनलाई आयरल्यान्ड ‘ए’ का बलर गारेथ डेलानीले एलबीडब्लूको धरापमा पारेका थिए ।

नेपालले दोस्रो विकेटका रूपमा कप्तान रोहित पौडेललाई शून्य रनमै गुमाएको थियो ।

उनलाई आयरल्यान्डका बलर डेलानीले डोहेनीद्वारा क्याच गराए ।

नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *