एमाले नेताहरुले पार्टी कार्यालयमा मनाए होली
२०८० चैत ११ गते

काठमाडौं । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् ।
नेताहरुले पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन् । पार्टीको केन्द्रिय सचिवालय बैठक आज बस्दैछ ।
बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् ।
सँगै पार्टीको सचिवालय बैठक पनि शुरु भएको छ । बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ ।
साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
२०८० चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








