खेलकुदको स्तर चरणवद्ध रूपमा खस्किएको हो : खेलकुदमन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको स्तर चरणवद्ध रूपमा खस्किएको बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलवार भएको अन्र्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद भित्रको राजनीतिले गर्दा वितृष्णा भइरहेको उल्लेख गर्दै यो अवस्थामा आइपुग्नुमा चरणवद्ध गल्ती रहेको धारणा राखेका हुन् ।

मंगलवार मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले नवनियुक्त खेलकुदमन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको दुखेसो गरे । उनले नेपालीको खेलकुदमा आउने बजेट धेरै न्युन र अपर्याप्त रहेको बताए । चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त नहुने उनको भनाई छ । तर दत्तचित्त भएर काम गर्न सके यो बजेट पनि पर्याप्त हुने मन्त्री श्रेष्ठको विश्वास छ ।

उनले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताउनु भयो । खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै भएपनि अधिकारको सवालमा भने मन्त्रालयलाई सिमित घेरामा राखिएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले मन्त्रालयलाई धेरै जिम्मेवारी दिएपनि त्यसको अभ्यास हुन नसकेको बताए । उनले खेलकुद विकास ऐन २०७७ को प्रयोग सही रुपमा गर्दै अब प्रयोगमा नआएका ऐनको प्रयोग गर्दे खेलकुद विकासमा लाग्ने बताए ।

सुसंस्कृत अभ्यास गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग सहकार्य गर्नुको विकल्प नरहेको उनको बुझाइ छ । मन्त्री परिषद्बाटै अधिकार सम्पन्न भएर आएका सदस्यसचिव द्वन्द्वको अवस्था आए खेल क्षेत्र धराशयी हुनसक्ने मन्त्री श्रेष्ठले बताए ।

देशभित्र राष्ट्रिय एकतामा कमि आइरहेको अवस्थामा त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेकोमन्त्री श्रेष्ठले प्रष्ट्याए ।

खेलकुदले सारा नेपालीलाई एक ठाउँमा ल्याउने गरेको आफूलाई महशुस भएको बताए । नेपालका खेल संघहरू हराइरहेको आभास आफूलाई भइरहेको बताउँदै उनले संघहरूले आफूलाई नयाँ ढंगले अगाडि बढाउनसके मात्र खेलकुदको विकास सम्भव हुने बताए ।

आइओसीको चार्टरभित्र रहे पनि नेपाल ओलम्पिक कमिटी नेपालको कानूनभित्र पनि रहेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले भनाई थियो ।

मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेलकुद संघबीच ’त्रिकोणात्मक संघर्ष’ संघर्ष रहेकाले खेलकदको विकास राम्रोसँग हुन नसकेको औंल्याए ।

खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ । उनले समग्रमा सबै पक्षमाझ सहकार्यको संस्कारको विकास गर्द सवै तहले आफ्नो भुमिका अनुसार काम गर्ने वातावरण बताउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *