भन्सार छलीको समस्या समाधान गर्न भन्सार विधेयक आवश्यक : बद्रिप्रसाद पाण्डे

काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले भन्सार छलीको समस्या समाधान हुने गरी भन्सार विधेयक बनाउन जरुरी रहेको बताएका छन् ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले सेटिङ लगायतका अनगिन्ती बदनियतहरू रहेको भन्दै भन्सारलाई पारदर्शी बनाउन जरुरी रहेको उल्लेख गरे । उनले ज्ञान, विवेकले काम गरेन भने कानुनले निर्देशित गरेर भन्सारमा हुने अनियमितता रोक्न जरुरी रहेको बताए ।

उनले भने ‘भन्सार छलिका लागि जतिपनि अहिले सेटिङ लगायतका अनगिन्ती बदनियतहरू छन्, त्यसको अन्त्य गर्न पनि हाम्रो ज्ञान, विवेकले काम गरेन भने कानुनले निर्देशित गर्नुपर्छ । त्यो दिशामा हामीले यो ऐनलाई अन्तिम रूप दिँदै गर्दा ध्यान जान जरुरी छ । विशेष गरी यो जुन अन्तर्राष्ट्रिय प्रतिबद्धता छ, प्रतिविद्धताअनुसार अघि बढ्नुपर्छ । अहिले भन्सार छलीको जुन समस्या छ, त्यसलाई हल गर्ने, पारदर्शी गर्ने र भन्सार संकलनका लागि स्थापित गर्ने दिशामा अघि बढ्नुपर्छ ।’

उनले अहिलेका समस्या समाधान हुने गरी विधेयकलाई अन्तिम रूप दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fifteen =