एमालेले कुरा नउठाएको भए सुन काण्ड फासफुस हुनेरहेछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा सशक्त आवाज उठाएकै कारण सुन काण्डमा शक्तिशाली नेताहरू पक्राउ पर्न थालेको बताएका छन् ।

प्रतिपक्षी दलले संसद्मा सशक्त कुरा नउठाएको भए सुन काण्ड फासफुस हुने कुरा प्रमाणित भएको उनको भनाइ थियो ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा महामन्त्री थापाले प्रतिपक्षले सशक्त कुरा उठाएकै कारण सुन तस्करी छानबिनका लागि आयोग बनेको भन्दै एमालेलाई धन्यवाद दिएका हुन् ।

‘केही समय अगाडि प्रतिपक्षी ठाउँबाट एमालेले सदनमा सशक्त ढंगले कुरा उठायो– शक्तिशालीलाई लुकाउन खोजिँदैछ । शक्तिशालीलाई लुकाउन प्रपञ्च गरिएको तत्कालीन प्रतिपक्षको आशंका अहिले सही सावित भयो । हामीले भर्खर समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ परे, सरकारलाई धन्यवाद छ’, गगनले भने ‘हामीलाई एउटा कुरा लुकाइएको रहेछ । त्यो बेलामा प्रतिपक्षले जोडदार नउठाएको भए सुनकाण्ड फासफुस हुनेरहेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =