आरबिबी एनभिए महिला तथा पुरुष भलिबल : बुढानीलकण्ठको सुखद् सुरुवात

काठमाडौँ । बुढानीलकण्ठ भलिबल क्लबले आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद् सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा बुढानीलकण्ठले पुरुषतर्फ कर्णाली प्रदेशको चुनौती ३–० को सोझो सेटमा नै समाप्त पारेको हो । समूह ‘सी’ को खेलमा बुढानीलकण्ठले सहजै खेल आफ्नो बनाउँदै सुखद् जित निकाल्यो ।

बुढानीलकण्ठले कर्णालीमाथि २५–१०, २५–१८, २५–१७ को जित निकालेको हो । पुरुषमै सुदूरपश्चिम प्रदेशले पनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई हराउँदै अंक खाता खोलेको छ । समूह ‘बी’ को खेलमा सुदूरपश्चिमले जावलाखेललाई २५–२१, २५–१३,२५–१७ ले हरायो ।

पुरुषतर्फm १३ टोलीले प्रतिस्पर्धा गरेका छन् र यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘डी’ मा आर्मी र गण्डकीसहित मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । समूह ‘ए’ मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन भलिबल क्लब तथा समूह ‘बी’ मा एपिएफ, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, समूह ‘सी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानीलकण्ठ भलिबल क्लबले चुनौती प्रस्तुत गर्दैछन् । समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनल यात्रा यात्रा तय गर्नेछन् ।

आइतबार भएको महिलातर्फ खेलमा विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । एपिएफले मधेस प्रदेशलाई २५–८, २५–७,२५–२ तथा पुलिसले कर्णाली प्रदेशलाई २५–१२,२५–७,२५–८ ले ले पराजित गरे । महिलामा कुल सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् । समूह ‘ए’ मा एभरेस्ट र कर्णालीसहित गत संस्करणको विजेता नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब छन् । अर्को समूहमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड स्पोट्स एकेडेमी, एपिएफ र मधेस प्रदेश छन् ।

नेपाल भलिबल संघको आयोजनामा आठ दिनसम्म चल्ने प्रतियोगितामा दुवै तर्फका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *