पोखरामा सुरु भयो सूर्य तारा (नेकोस) खेल महोत्सव-२०८०

काठमाडौं । पोखरामा सूर्य तारा (नेकोस) खेल महोत्सव-२०८० सुरु भएको छ ।

नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटी र सूर्य तारा क्लब गण्डकीको संयुक्त आयोजनामा शनिबारबाट भण्डार ढिक रंगशालामा सुरु भएको हो ।

प्रतियोगिताको एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरे ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य, पूर्व मुख्यमन्त्री एवं गृह तथा स्वास्थ्यमन्त्री खगराज अधिकारी, पार्टी स्थायी कमिटीका सदस्य, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, इन्चार्ज, एवं पूर्व मन्त्री कर्ण बहादुर थापा, नेपाल खेलकुद महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामा उपस्थिति रहेको थियो ।

यसैगरी केन्द्रीय कोषाध्यक्ष उज्ज्वल सुवेदी, पार्टी प्रदेश कमिटी गण्डकीका अध्यक्ष नवराज शर्मा, पार्टी कास्की जिल्ला कमिटीका अध्यक्ष पार्टी केन्द्रीय सदस्य राजीव पहारी, पार्टी कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल खेलकुद महासंघका नेताहरू पनि उपस्थित थिए ।

खेल महोत्सवमा विभिन्न खेलहरू चैत्र १० गतेसम्म चल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *