अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउँछ : मुख्यमन्त्री कार्की
२०८० चैत ३ गते

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउने बताएका छन् ।
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले आज काठमाडौँमा आयोजना गरेको ‘अन्तरक्रिया कार्यक्रम’मा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको प्रदेशले कोशीले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने बताए ।
‘कोशी प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न तथा भारतीय पर्यटकलाई जोड्नका लागि प्रदेशले काम गरिरहेको छ । दरभङ्गा, सिक्किम, पटनालगायत क्षेत्रका पर्यटकलाई कोशीमा भित्र्याउन हामी लागिरेहका छौँ,’ मुख्यमन्त्री कार्कीले भने ।
उनले सरकार र व्यवसायी एक सिक्काका दुई पाटो भएकाले व्यवसायीको समस्यामा सहजीकरण गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
२०८० चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








