कांग्रेस र एमाले मिलौं, संसदलाई बन्धक बनाउँदैनौं : रामहरी खतिवडा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफ्नो पार्टी संसदलाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै काँग्रेसले संसद अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद खतिवडाले कानून निर्माण गर्ने थलो संसदलाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखि अघि बढाउनका लागि काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको समेत बताए ।

उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नसके मुलुकलाई स्थिर सरकार दिनसक्ने भएकाले त्यसका लागि पनि काँग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

उनले भने ‘अहिले संसदमा अलिकति खच्याकखुचुक भएको तपाईहरुले देख्नुभएको छ । संसदीय व्यवस्था हो । कहिले माननीय मन्त्रीजीहरुले हिजो,अस्तीसम्म भन्नुहुन्थ्यो, आज हामीले भनेका छौं । तर हामी यति प्रतिवद्धता जाहेर गर्न चाहन्छौं–हामी संसदलाई बन्धक बनाएर जनताको कानून निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर होइन । एउटा संसदीय पद्धति अनुसार मुलुकलाई नयाँ बाटोमा लैजाऔं । अझ म त अनुरोध गर्न चाहन्छु–हामी अलि अपm्ठयारो अवस्थामा छौं । हाम्रो संसदीय पद्धति अनुसार हामी समानुपातिक समावेशी कुरा गरेर हिँडेका छौं । समानुपातिक पद्धति आवश्यक छ । सबै जात, वर्ग, सम्प्रदायलाई उच्च ठाउँमा पु¥याउनुपर्नेछ । तर हाम्रो मानसिकता के भएको छ भने समानुपातिकमा नीतिको होइन, नेताको । नेताको छोडेर नाताको, नाताको छोडेर दाताको ल्याउने प्रवृत्ति छ । यसलाई अन्त्य गर्नुपर्छ भन्ने भनाई म राख्न चाहन्छु । म काँग्रेसको एउटा कार्यकर्ता केन्द्रिय सदस्य पनि हुँ । उहाँ नेकपा एमालेका नेता हुनुहुन्छ । म अनुरोध गर्न चाहन्छु–केही कुराहरुमा तपाई हामी मिलौं । देश निर्माण गर्ने कुरामा अघि पनि भने–पार्टी भन्दा माथि उठौं । संविधानमा केही कुरामा संशोधन गरौं । समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔं । प्रतिनिधि सभा पूर्ण प्रत्यक्ष बनाएर देश बनाउने कुरामा एक भएर हिँडौं । स्थिर सरकार बन्नसक्छ । नभए स्थिर सरकार नबन्ने भयो । सधैं टालाटुली बटुली । तपाईले एउटालाई तान्ने, मैले एउटालाई तान्ने । तानातान गर्ने काम केही नहुने । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने चाहेँ ।’

काँग्रेस सांसद खतिवडाले मुलुकलाई अघि बढाउनका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुने हुनाले त्यस क्षेत्रमा देखिएका समस्या समाधान गरेर अघि बढन आफ्नो पार्र्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =