रवि लामिछानेलाई रोक्दै कांग्रेसले गर्यो वेल घेराउ
२०८० चैत २ गते

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको छ ।
शुक्रवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरूले संसदको वेल घेराउ गरेका हुन् ।
उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् ।
काँग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।
२०८० चैत २ गते
प्रतिक्रिया
4 thoughts on “रवि लामिछानेलाई रोक्दै कांग्रेसले गर्यो वेल घेराउ”
Leave a Reply Cancel reply
सम्बन्धित









Aba sun kanda maa aafno Neta Ni parne vayo vanera ho khedo khanya
Sorry, NC is digging their grave.
Very bad
Aafno parti ko manxe haru pakrinxa bhanne dar le