विश्वस्तरमै चलचित्र उद्योगका लागि नेपाल महत्वपूर्ण स्थल हो : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताएकी छन् ।

बिहीवार सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसावले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायांकनका लागि महत्वपूर्ण स्थल भएको बताइन् ।

उनले सिंगो नेपाल फिल्म निर्माताहरूका लागि स्टुडियो भएको बताइन् । उनले नेपालका रमणीय प्राकृतिक सम्पदाहरूको सामिप्यतामा गरिने छायांकन मात्रै नभइ कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अखण्ड विरासत चलचित्रका लागि कथावस्तु हुने बताइन् ।

उनले नेपाली चलचित्र क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउन मौलिक एवं स्तरीय चलचित्र निर्माणमा लाग्नुपर्ने बताइन् ।

चलचित्र क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्दै यस क्षेत्रमा लाग्ने सबैको आर्थिक उन्नति गर्नु जरुरी रहेको बताइन् । उनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने बताइन् ।

मौलिक संस्कृति लोप हुन नदिन नेपाली मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा आधारित चलचित्र धेरै निर्माण गर्न जरुरी रहेको बताइन् ।

उनले चलचित्र क्षेत्रबाट नेपाली संस्कृतिको संस्कार, संस्कृतिको जगेर्ना र प्रचारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सकिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =