बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनः लेखन गर्नुपर्छ : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनः लेखन गर्न सुझाव दिएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै एमालेका उपाध्यक्ष पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई यस्तो सुझाव दिएका हुन् ।
उनले अर्थमन्त्री पुनलाई निः वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको प्रस्तावलाई सांसदमा भएको छलफल र सांसदहरूको धारणाको आधारमा पूर्णरुपमा परिमाजर्न गर्न आग्रह गरे ।
उनले अघिल्ला अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई कानूनी र व्यवहारिक समस्याले संसदमा छलफल गर्नुपरेको बताए ।
उनले बजेटका सिद्धान्त र प्राथामिकत प्रस्तुत गर्ने अर्थमन्त्री नभएपछि वर्तमान अर्थमन्त्रीले पुन बजेटका सिद्धान्त र प्राथामिकता प्रस्तुत गर्न पाउनुपर्ने आशय व्यक्त गरे ।
पूर्वअर्थमन्त्री पौडेलले बजेटका सिद्धान्त र प्राथमिकतालाई देशका समस्या समाधान हुनेगरी परिवर्तन गर्न अर्थमन्त्रीलाई सुझाव दिएका हुन् ।
उनले अघिल्ला अर्थमन्त्री महतले पेश गरेको आगामीआर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकता ‘शब्द र वाक्यको भीड मात्रै’ भएको धारणा राखे । उनले बजेटको सिद्धान्त र प्राथामिकता परिमार्जन नगरेसम्म समर्थन गर्न लाएक नभएको जिकिर गरे ।
पौडेलले यो सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रका कुनै समस्या समाधान गर्ने नसक्ने दाबी गरे । उनले बजेटको सिद्धान्त र प्राथामिकतामा सिद्धान्त र प्राथामिकता दुवै नभेटिएको भन्दै पेपर पोलुसन गर्ने काम मात्रै भएको धारणा राखे ।
उनले यो सिद्धान्त र प्राथामिकताको प्रस्तावमा छलफलले संसदको समयलाई अपव्यय हुने बताए । उनले यो बजेटका सिद्धान्त र प्राथामिकताले अर्थतन्त्रका कुनैपनि विषयलाई निर्देशित नगर्ने बताए ।
उनले प्रधानमन्त्रीले गठबन्धन फेर्नुपर्ने आवश्यकता बजेटको सिद्धान्त र प्राथामिकतामा नेपाली काँग्रेसले राखेको धारणाले पुष्टि गरेको बताए ।
उनले काँग्रेसकै सांसदले समर्थन गर्न नसक्ने प्रस्तावले देशको समस्या समाधान गर्न नसक्दो बताए ।
उनले पुर्नलिखित सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार बनाउन पनि अर्थमन्त्रीलाई सुझाव दिए ।








