‘मनलाग्दी पैसा माग्यो’ भन्ने कुराको पुष्टि गर्न प्रधानमन्त्रीले दिए पूर्वअर्थमन्त्रीलाई चुनौती

मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन पूर्वअर्थमन्त्रीलाई प्रधानमन्त्रीले दिए चुनौती

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौती दिएका छन् ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो चुनौती दिएका हुन् । उनले मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री दाहाल आफूसँग रिसाएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए । उनले नकारात्मक प्रचार गरेर जनतामा भ्रम नछर्न आग्रह गरे ।

उनले भने ‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिनुभएको छ । म डा. प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौती दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ । नकारात्मक प्रचार गरेर जनतामा भ्रम नगर्न आग्रह गर्दछु ।’

प्रधानमन्त्रीले आत्मनिर्भरताको व्यवस्थित प्रयास सरकारले गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =