कांग्रेसले मलाई धोकेबाज भन्न मिल्दैन, केपी ओलीले भन्न मिल्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाली कांग्रेसले आफूलाई धोकेबाज भन्न नमिल्ने बताएका छन् ।

कांग्रेसले धोका दिएकै कारण आफूलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बनाएको उनले बताए ।

बुधवार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रचण्डले आफूलाई धोकेबाज नभन्न कांग्रेसलाई चेतावनी दिएका हुन् ।

‘म नेपाली कांग्रेसको समर्थनमा एकपटक मात्र प्रधानमन्त्री बनेको छु । मेरो प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा २ पटक प्रधानमन्त्री बन्नु भएको छ’ प्रचण्डले संसदमा भने, ‘बरु एमालेबाट प्रधानमन्त्री बनेर कांग्रेससँग मिल्न गएकोमा केपी ओलीले मलाइ धोकोबाज भन्न मिल्छ, कांग्रेसले होइन ।’

प्रचण्डले एक माघले जाडो नजाने भन्दै तल्लो स्तरमा उत्रिएर गाली गलौज नगर्न आग्रह गरे । ‘तपाईहरु एक्लै चुनाव लड्न खोज्नु भएको छ, बहुमत ल्याउनु होला’ प्रचण्डले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 7 =