फाइनलमा नेपालले पीएनजीसँग खेल्ने

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक शृंखलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) सँग प्रतिस्पर्धा गर्ने भएको छ ।

मंगलबार लिग चरणको अन्तिम खेलमा पीएनजीले हङकङलाई हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

मंगलबार पहिलो खेलमा नेपालसँग ८५ रनले पराजित पीएनजीले हङकङलाई १० विकेटले हराएको हो ।

हङकङले दिएको १२२ रनको लक्ष्य पीएनजीले १२.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । पीएनजीका लागि सेसे बाउले ६१ रन बनाए । त्यस्तै टोनी उराले ५१ रन बनाए ।

त्यसअघि मिसन रोड ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङ १८.३ ओपरमा अलआउट हुँदै १२२ रनमा समेटिएको थियो ।

हङकङका लागि सुरुवाती क्रममा ब्याटरले रन बनाउन नसके पनि जिसन अलीले नटआउट रहँदै ५५ रन बनाएका थिए । त्यस्तै नसरुल्लाह राना र एहसान खानले १६/१६ रन बनाए । पीएनजीका लागि काबुआ मोरिया, अलेई नाओ, असद भाला र सेसे बाउले २/२ विकेट लिए ।

मंगलबारको पहिलो खेलमा भने पीएनजीविरुद्ध सानदार जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको थियो ।

अब बुधबार दिउँसो पीएनजी र नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =