उम्मेदवार शर्माले भने ‘म निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्थेँ’

काठमाडौँ । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताएका छन् ।

सोमवार राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताएका हुन् ।

उनले आफूले सभाको गरिमा घटाउने काम नगर्ने बताए । उनले आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरूभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताए ।

उनले भने ‘लोकतन्त्रमा जित, हार बेग्लै कुरा हो । तर लोकतन्त्रमा कसैको हारपनि हुन्न । कसैको जित पनि हुन्न । सबै हार्छन् । सबै जित्छन् । लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव । को हार्छन् को जित्छन् महत्वपूर्ण होइन । मेरो धेरै लामो राजनीतिक यात्रा छ । शिक्षाको हकमा पनि म अरूभन्दा कमजोर छैन । मलाई लाग्छ कि म भइदिएको खण्डमा मैले यसको गरिमा बढाउने नै काम गर्ने थिएँ । घटाउने काम गर्ने थिइन । संसदीय नियममा रहेरै काम गर्ने थिएँ । संसद नियमावली अनुसार नै अगाडी बढाउने थिएँ सभालाई ।’

उम्मेदवार शर्माले कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको प्रस्ताव र काँग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *