राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माले गरे मनाेनयन दर्ता (तस्बिरहरु)

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । सत्ता गठबन्धनका उमेदवार दाहाल र कांग्रेस उम्मेदवार शर्माले केही बेरअघि मनोनयन दर्ता गरेका हुन् ।

दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् भने शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् । मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ ।

राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । माओवादी १७, एमाले १०, एकीकृत समाजवादी ८ र जसपाका ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन् । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ ।

कांग्रेसले यसअघि कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी राष्ट्रिय सभा सदस्य बनाएको थियो । तर, माओवादीसँगको गठबन्धन टुटेपछि कांग्रेसले उम्मेदवारमा शर्मालाई अघि सारेको हो । सो पार्टीसँग १६ जना सांसद छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *