अमेरिका भ्रमण त्यागेर मतदाता माझ पुगिन् मन्त्री चौधरी

इटहरी । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्त्वपूर्ण भए ।
यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन शनिबार राति अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आएकी छन् । दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन मन्त्री चौधरी गृह जिल्ला आएकी हुन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग छोटो कुराकानी गर्दै मन्त्री चौधरीले सरकार अविच्छिन्न उत्तराधिकार वाला हुने भन्दै अघिल्लो सरकारले गरेको निर्णय बमोजिम पूर्व निर्धारित कार्यक्रममा आफू जाने तय भए पनि आफू नगएको बताइन् । मन्त्री नगएपनि भ्रमण दलका अन्य सदस्य भने शनिबार राति अमेरिका उडेको छ । प्रतिनिधि मण्डलको नेतृत्व कर्मचारीले गर्ने र मन्त्री स्तरको हुने भनिएको कार्यक्रम कर्मचारी स्तरमा नै गर्न आदेश दिएर आफू गृह जिल्ला आएको मन्त्रीको भनाई थियो ।
मन्त्री चौधरीले भनिन्, ‘यो कार्यक्रममा विश्वका सबै देशहरूबाट महिला मन्त्रीहरूकै नेतृत्वमा सहभागी हुने गर्छन् । महिलाका आर्थिक, सामाजिक, राजनैतिक विभेद, समस्या लगायतमा विचार विमर्श गर्दै हरेक देशले हासिल गरेका उपलब्धिहरू त्यहाँ प्रस्तुत हुन्छ । यस्तो कार्यक्रम विगतदेखि नै मन्त्रीस्तरीय नेतृत्व हुने प्रचलन छ ।’ पहिलाको टोलीमा २२ जनाको नाम भएपनि अहिलेको टोलीमा ११ जनाको मात्र नाम भएको उनको भनाई छ ।
उक्त अवसरमा मन्त्री चौधरीले यो गठबन्धन २०८४ साल सम्मै नै जाने दाबी समेत गरिन् । ‘वर्तमान गठबन्धन सरकार चार वर्ष टिक्छ । यसका लागि गठबन्धनमा रहने सबै दलहरू र शीर्ष नेतृत्व प्रतिबद्ध हुनुहुन्छ’ उनले भनिन् । नयाँ गठबन्धन तोड्ने कसरत भइरहेपनि त्यस्ता व्यक्तिहरू सफल नहुने मन्त्री चौधरीको दाबी छ ।









म गरिब दुखी अपाङ्गता भएका व्यक्तिहरुको सेवक हु, दास होईन किनकि उनीहरुको सेवा गर्न पाउदा म खुशी छु।