कमसेकम अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले इकोनोमिक एजेण्डामा राजनीतिक दलहरू एक नआईकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए । उनले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए । उनले चैत्र २८ गतेको महासंघको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेको बताए । उनले निजी क्षेत्रका आर्थिक एजेण्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने बताए ।

उनले भने ‘हामी आग्रह गर्दछौँ, कमसेकम इकोनोमिक एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ । इकोनोमिक एजेण्डामा यहाँहरू एक ठाउँमा आउनुभयो भने मलाई लाग्छ, अरु चिजहरू, देश रह्यो भने, व्यावसायिक एक्टिभिटी बढ्यो भने रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्सन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भने मलाई लाग्छ त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला । चैत्र २८ गते हाम्रो साधारण सभा आउँदैछ, हामीले के भनेका छौँ भने सबै राजनीतिक दलका अध्यक्षज्युहरु, पूर्वप्रधानमन्त्रीज्युहरु र खासगरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेका छौँ । जहाँ हाम्रा आर्थिक एजेन्डाहरूलाई सबै राजनीतिक दलले ऐक्यबद्धताको रुपमा वास्तवमा त्यो प्रतिविद्धतालाई सबैको सहमति होस् भन्ने चाहना छ । अहिले लगानी सम्मेलन आइरहेको छ । हामीले धेरै पहिलादेखि भन्दै गरेको यो बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट पहिला जुन बिपा भनेर अघि बढाइएको थियो, अहिले क्याबिनेटमा गएर कमिटीमा गएको कुरा छ । यो जतिसक्दो छिटो पास गरेर अघि बढाइयोस् ।’

अध्यक्ष ढकालले सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट (बिपा) छिटो पास गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =