रोइरहेछ माईतीघर !

माईतीघर,
जसले– अलिकती खुट्टा लम्काउदा बुख्याचाहरुको बैठक हुने महल भेट्छ ।
जसले– यसो दायाँबायाँ आँखा लम्काउदा
वरतिर परतिर छरिएका कालाकोटेहरुका महल भेट्छ ।
माईतीघरको गर्भ– जसमा खडा गरिएका छन्,
देशका सेता हात्तीहरुका सेता महल ।
माईतीघरको आङ– जसमा जबर्जस्ति लादिएका छन्,
युद्धधारीहरुका काला बुलेट ।
सबै छन्, तर माईतीघर सबैको बिचमा एक्लै रोईरहेछ ।

उसो त दिनहुुँ,
माईतीघरको शिरमा सेता हात्तीका सेता जेट उडिरहन्छन् ।
माईतीघरको छातीमा सेता हात्तीका सेतै गाणी गुडिरहन्छन् ।
गरीखाने साईकलदेखी हुनेखाने साईकल र
गरीखाने पैतलादेखी हुनेखाने पैतलासम्म माईतीघरमा कुदीरहन्छन् ।
र पनि माईतीघर एक्लै छ ।
माईतीघर रोईरहेछ ।

माईतीघर
जसको– नसा नसामा
माईतीघरको रगत चुसेर बोसा जमाएका जुकाहरु छन् ।
जसको– रगतमा
मुखुण्डा नलाई हिड्ने मुखुण्डाधारीहरु छन् ।
माईतीघरको अङ्ग प्रत्यङ्गमा
सेता वस्त्रधारी काला मान्छेहरु छन् ।

माईतीघर
जसले– विषपान गरी अमृत ओकल्छ ।
जसले– झुट देख्छ, सत्य बोल्छ ।
जो–
अन्याय देख्न जान्दैन ।
दुराचार लेख्न जान्दैन ।
अत्याचार गर्न जान्दैन ।
झुटमा झुट भर्न जान्दैन ।

माईतीघर
जो– छोरीलाई एक्लै हिड्न दे भन्छ ।
किसानलाई दुईछाक खान दे भन्छ ।
मजदुरलाई एकरात सुत्न दे भन्छ ।
जो– लाखौं मान्छेहरुको शिर हो ।
अनि हजारौं मान्छेहरुको पिर हो ।
जसले– लाखौं नादान गर्भलाई अङ्गालेको छ ।
जसले– लाखौं अत्याचारको पैतलालाई सङ्गालेको छ ।
जो– करोडौं नादानको भर हो
अनि हजारौं बुख्याचाहरुको डर हो ।
तर सबै भएर पनि माईतीघर रोईरहेछ ।

यसकारण माईतीघर रोईरहेछ–
कुनैबेला माईतीघरकै गर्भले थेगेको हो, यि सेता हात्तीहरुलाई ।
कुनै जमानामा माईतीघरको गर्भमै हुर्काईएको हो, यि सेता हात्तीहरुको यो सेतो व्यवस्था ।
तर जमाना परिवर्तन भएछ ।
अचेल यो सेतो व्यवस्थाले
माईतीघरले बोलेको न सुन्छ ।
माईतीघरले लेखेको न पढ्छ ।
माईतीघरले ओकलेको न देख्छ ।
माईतीघरले सुनाएको न वास्ता गर्छ ।

यसर्थः माईतीघर रोईरहेछ कि–
जसको– गर्भमा हुर्काईएका थिए ति सेता मान्छेहरु
तिनैले उसको गर्भलाई तुहाउन खोज्दै छन् ।
जसलाई– भोक–प्यास–आँधी–बेहरी सहेर पालेको थियो
अचेल तिनैले माईतीघरको गर्भमा ’निषेधाज्ञा’ नामको ’निरङ्कुशता’ लादेका छन् ।
माईतीघर– जसले त्यो बेलाका अनेकथरी कफनधारीहरुको लागि
छातीमा महाराजका कालो बुटको निलो डाम सह्यो
उहीँ माईतीघर अचेल पुराना राता कफनधारीहरुको प्रतिबन्धमा परेको छ
र एक्लै रोईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *