ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक जारी
२०८० फागुन २४ गते

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक आज बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा सुरु भएको हो ।
सत्ताबाट बाहिरिएपछि काँग्रेसको संसदीय दलको यो पहिलो बैठक समेत हो । काँग्रेसले संसदमा अबका दिनमा प्रस्तुत हुने विषयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने बताइएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा सांसदहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।
२०८० फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








