यो सरकार हिँड्न सक्दैन, कुहिएर झर्छ : गगन थापा (भिडिओ)
२०८० फागुन २३ गते

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् ।
थापाले भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन् ।
‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससंगको सहकार्य टुटाएर एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएका छन् ।
तर, कांग्रेस पनि नयाँ समिकरणको तयारीमा छ ।
२०८० फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








