टी–२० विश्वकपको तयारीका लागि ५ करोड निकासा

काठमाडौं । टी–२० विश्वकपको तयारीका लागि सरकारले ५ करोड बजेट निकासा गरेको छ ।

आइसिसी पुरुष टी–२० विश्व कपमा तयारीका लागि उक्त रकम निकासा भएको क्यानले जनाकारी दिएको छ ।

विश्वकप तयारीका लागि रकम निकासा गरेकोमा सरकारलाई क्यानले सरकारलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंक लाल घिसिङ्गलाई धन्यवाद ज्ञापन गरेको हो ।

क्यानले सामाजिक सञ्जालमा रकम निकासाको जानकारी दिँदै लेखेको छ–‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आउँदो टी–२० विश्वकप २०२४ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि नेपाल सरकारबाट अक्षरूपी रुपैंया पाँच करोड तयारी बजेट विनियोजन भएको छ । यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंक लाल घिसिङ ज्यू प्रति नेपाल क्रिकेट संघ (क्यान) हार्दिक आभार व्यक्त गर्दछ । नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्को यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =