तत्काल सरकारमा नजाने जसपाको निर्णय
२०८० फागुन २३ गते

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।
गठबन्धनमा भागबन्डाको कुरा नमिल्दा तत्काल सरकारमा नजाने निर्णय भएको जसपाका नेताहरुले बताएका छन् ।
जसपाका अध्यक्ष उपन्द्र यादवका अनुसार सरकारमा सामेल हुनेबारे छलफल जारी छ ।
जसपाका कार्यकारिणी बैठकमा पनि यसबारे ब्यापक छलफल भएको र बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालिएको बताइएको छ ।
मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने एक नेताले बताए ।
२०८० फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








