माओवादीले फिर्ता दियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

काठमाडौं । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

बुधबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद भपट साउँदले मकालुखबरलाई जानकारी दिए ।

आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेको भोलिपल्ट माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मंगलबार मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका थिए ।

सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =