नेपाललाई हराउँदै नेदरल्याण्ड्सले जित्यो सिरिज

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको छ ।

१८५ रनको लक्ष्य पच्छाएको नेदरल्याण्ड्सले नेपालाई चार विकेटले पराजित गरेको हो ।

नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा नै उपाधि जित्यो ।

नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।

स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए ।

म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए । कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।

नेपालले २३ रन जोड्दा ३.३ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए ।

त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।

गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए ।

करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

प्रतिक्रिया

One thought on “नेपाललाई हराउँदै नेदरल्याण्ड्सले जित्यो सिरिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =