रविले गृह मन्त्रालय नपाउने
२०८० फागुन २१ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसहितको गठबन्धनमा फर्किएपछि मन्त्रालय बाँडफाँटमा छलफल भएको छ।
प्रचण्डले यसअघि गठबन्धन फेरेर कांग्रेससँग मिल्दा गृह मन्त्रालय गुमाएका रवि लामिछाने फेरि सरकारमा फर्किने भएका छन्। उनले उपसभापति डिपि अर्याललाई पठाइसकेका छन्। उनी आफैं पनि सरकारमा सामेल हुने योजनामा छन्।
तर यस पटक भने उनले गृह मन्त्रालय पाउने सम्भावना कम देखिएको छ। एमालेले गृह मन्त्रालय लिएर उनलाई अरु नै मन्त्रालय लिन प्रस्ताव गरिएको छ। अर्थ मन्त्रालय भने माओवादीले लिने भएको छ।
आज तीन मन्त्रीले सपथ लिए पनि उनीहरुको मन्त्रालय भने तोकिएको छैन।
२०८० फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








