स्वदेश नपुग्दै पदमुक्त हुँदै श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यतिबेला विदेश भ्रमणमा छन् । तर उनि विदेशमै रहेका बेला उनको पद संकटमा परेको छ ।

उनि वैदेशिक रोजगार व्यवयायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको ‘दुबई रोजगार मेला’को उद्घाटनका लागि उनी युएई पुगेका छन् ।

उनि यूएई भ्रमणकै रहेका बेला पदमुक्त हुने लगभग पक्का भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै श्रममन्त्री भण्डारी बिदेशमै रहेका बेला पदमुक्त हुन लागेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार श्रममन्त्री भण्डारी मंगलबार नेपाल फर्किने कार्यक्रम छ ।

तर, प्रधानमन्त्री प्रचण्डले सोमबार नै सबै मन्त्रीहरु हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =