कांग्रेसका सबै मन्त्रीहरु देउवा निवासमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई बोलाएका छन् ।

सत्ता गठबन्धनमा खटपट देखिएका बेला देउवाले आफ्नो निवास धुम्बराहीमा मन्त्रीहरुलाई बोलाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री सहभागी छन् ।

पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाश शरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका हुन् ।

देउवा निकट स्रोतका अनुसार अहिले कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्डमा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =