पुण्य गौतम र युवराज सफल महाराजगन्जबाट पक्राउ
२०८० फागुन २० गते

काठमाडौं । पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ ।
दुबै जना काठमाडौंको टिचिङ अस्पतालबाट पक्राउ परेका हुन् ।
१३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलन गर्न अस्पताल पुगेका थिए ।
अस्पतालले झुन्डिएर पोखरेलको मृत्यु भएको रिपोर्ट प्रहरी कार्यालयमा पठाएको थियो ।
सोहीक्रममा अभद्र व्यवहार गरेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ ।
२०८० फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








