डिजिटल नेपालको घोषणालाई साकार बनाउन आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताए । उनले डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताए ।

उनले दूरसञ्चार सेवालाई अझ बढी सर्वसुलभ, गुणस्तरीय र भरपर्दो बनाउँदै लैजान आवश्यक रहेको पनि बताए । उनले दूरसञ्चार सेवा अझैपनि नेपालका ग्रामीण भेगमा पुग्न र सर्वसुलभ उपलब्ध हुन नसकेको भन्दै आवश्यक ध्यान दिनुपर्ने बताए ।

उनले भने ‘डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउनुपर्ने आवश्यकता छ । यसमा दूरसञ्चार सेवालाई अझ बढी कसरी सर्वसुलभ बनाउने, कसरी गुणस्तरीय बनाउने, कसरी भरपर्दो र विश्वसनीय बनाउने भन्नेमा ध्यान दिन जरुरी छ । यसले नयाँ चुनौती पनि सिर्जना गरिरहेको छ । अवसरसँगै चुनौती पनि सिर्जना भइरहेका छन् । अवसरको जति बढी सदुपयोग गर्छौं चुनौती त्यति नै धेरै कम हुन्छन् । यो सेवालाई सबैको पहुँचमा पुर्याउन आवश्यक छ । अझै पनि हामीले ग्रामीण भेगमा सहज ढंगले सेवा पुर्याउन सकेका छैनौँ । त्यसलाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय बनाउन जरुरी छ ।’

उनले दूरसञ्चार सेवा अझैपनि सबै नागरिकको पहुँचमा पुग्न नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =