शालिन मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग राख्दै नेवि संघको प्रदर्शन (तस्बिरहरु)
२०८० फागुन २० गते

काठमाडौँ । नेपाल विद्यार्थी (नेवि) संघ त्रिचन्द्र कलेज इकाइ समितिले शालिन पोखरेल मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग राख्दै नेवि संघको प्रदर्शन गरेको छ । चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले छानबिन गर्न माग गर्दै नेवि संघ इकाइ समितिले आइतबार कलेज अगाडि प्रदर्शन गरेको हो ।
छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग नेवि संघले जोडदार माग गरेको छ । स्कुलको होस्टेलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणहरूले घटना गम्भीर बनेको छ । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

२०८० फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








